झिगु सहयोगी साकोसको १८ औं साधारण सभा सम्पन्न

बनेपा । झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिबेदन सचिब दिपा मानन्धरले आर्थिक प्रतिबेदन कोषाध्यक्ष नवराज मानन्धरले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं ९६ लाख ९४ हजार, बचत संकलन ७ करोड १५ लाख ९८ हजार, कर्जा लगानी ७ करोड २४ लाख ४८ हजार रहेको जनाएको छ ।

सभामा संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरले २०६४ सालमा स्थापना गरिएको सहकारीमा मजदुर, स साना ब्यबसायी युवाहरु मिलि सञ्चालन गरिएको बताए ।सभामा ६५ भन्दा माथीका ५५ जना जेष्ठ सदस्य, उत्कृष्ट बचत कर्ता, ऋणीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला सहकारी सघंका अध्यक्ष उदयराम कायस्थ, संस्थाका सल्लाहाकार बुद्ध मानन्धर, सञ्चारकर्मी लगाएको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष टिकाराम मानन्धरले राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *