सल्यान दुर्घटनामा एकै गाउँका तीनजनाको मृत्यु, दुई घाइते
सुर्खेत । सल्यानमा आइतबार (असोज १२) बिहान गाडी दुर्घटनामा परी मृत्यु भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ का ६७ वर्षीया पवी केसी, सोही ठाउँका २५ वर्षीय प्रकाश केसी र २७ वर्षीय सशीधर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते हुनेमा सोही ठाउँका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया विना केसी छन् । उपचारका निम्ति उनीहरूलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । बाँफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ जाँदै गरेको लु२प ६५०२ नम्बरको गाडी दुर्घटना भएको हो । सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।