हर्क साम्पाङले दिए दल दर्ताको निवेदन
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताको निवेदन दिएका छन् । उनले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । सोही चुनावलाई लक्षित गरी उनले पार्टी दर्ता गर्न लागेका हुन् । उनको निवेदनमाथि रुजुको प्रक्रियामा रहेको आयोग स्रोतले जनाएको छ ।