एकीकृत समाजवादी निकट अनेरास्ववियू र युवा संघले राखे १३ बुँदे माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र युवा संघ नेपालले जेनजी प्रदर्शनमा भएको दमनमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । आज एक विज्ञप्तिमार्फत दुई संगठनले जेनजी आन्दोलनका क्रममा उठेका जायज मागलाई सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

जेनजीको विरोध प्रदर्शनपछि देशको वर्तमान राजनीतिक अवस्था अत्यन्तै अन्योलग्रस्त रहेकाले सामान्यकरण गर्दै जनतामा फैलिएको अन्योललाई हटाउनुपर्ने उनीहरूको तर्क छ । अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ र युवा संघका संयोजक रोशन थापाले जारी गरेको विज्ञप्तिमा १३ बुँदे माग राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *