टाटा मोटर्सको ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु, विद्युतीय र आईसीई मोडलमा छुट र उपहार
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुभदिपावली र धनतेरस पर्वको अवसरमा देशव्यापी रूपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु गरेको छ । हर्ष र उल्लासले भरिएको यो पर्वलाई लक्षित गर्दै सुरु गरिएको कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरसँगै ‘सुनको असर्फी’ बम्पर उपहार जित्ने सुनौलो मौका पाउने भएका छन् । सिप्रदीका अनुसार, नेपालभर रहेका टाटा शोरुमहरूमा आज (असोज २६ गते) देखि सुरु भएको यो विशेष कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टियागो ईभी, पंच ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा विविध छुट र उपहारका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधाहरू समावेश छन् । सिप्रदी ट्रेडिङले यस पर्वलाई सुनौलो र अविस्मरणीय बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएको छ। कम्पनीका अनुसार, भाग्यशाली ग्राहकले बम्पर उपहारका रूपमा सुनको असर्फी प्राप्त गर्ने अवसर पनि पाउनेछन् ।