कुकुरको दिसामा पनि कर

इटालीको एक सहरमा कुकुरको दिसामा कर लगाइँदैछ । उक्त कर त्यहाँ आउने पर्यटक कुकुरमािथ पनि लाग्नेछ । अर्थात् अन्य देश वा सहरबाट त्यहाँ पुग्ने पर्यटकले आफूसँग घरपालुवा कुकुर वा छाउराहरु लगेमा त्यसबापत समेत कर तिर्नुपर्नेछ । उक्त कानून एक विवादास्पद आदेशपश्चात् ल्याउन थालिएको हो । जस अन्तरगत कुकुरको दिसाबाटै उसको मालिकको पत्ता लगाइनेछ । यसका लागि कुकुर मालिकले आफ्नो कुकुरको डिएनए परीक्षण गराउनुपर्नेछ । न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्ट अनुसार इटालीको बोलजानेमा अधिकारीहरुले कुकरमाथि कर लगाउने प्रस्ताव अघि सारेका हुन् । तर त्यस्तो प्रस्तावप्रति पशु अधिकारकर्मीहरु निकै आक्रोसित भएका छन् । कुकुरमाथिको यस्तो कर निकै अगाडि नै अन्त्य भईसकेको उनीहरुको दाबी छ । स्मरण रहोस् उक्त सहरमा त्यस्तो कुकुर कर यसअघि पनि थियो, जुन सन् २००८ मा खारेज भएको थियो । जसलाई पुनः लागू गर्ने प्रयास गरिएको हो । घरपालुवा कुकुरमाथि कर लगाउने प्रस्ताव वास्तवमा कुकुरसँग सम्बन्धित विवादास्पद आदेश पछि आएको हो । यसमा कुकुरको दिसाको श्रोत पत्ता लगाउनका लागि डिएनए परीक्षण गराउनु अनिवार्य गरिएको छ । त्यहाँका प्रान्तीय परिषद सदस्य लुइस वाल्चरका अनुसार पहिलेदेखि नै डिएनए टेस्टमा पञ्जीर्कत कुकुर मालिकलाई चाहीँ दुई वर्षसम्म त्यस्तो कर छुट हुनेछ । कुकुरको दिसाबापतको शुल्क उठाउने अवधारणा उनै वाल्चरले अघि सारेका हुन् । प्रस्तावित नगर कानून अनुसार उक्त सहरमा आफ्नो घरपालुवा कुकुर ल्याउनका लागि दैनिक डेढ युरो शुल्क तिर्नुपर्नेछ । सो प्रस्ताविक कानून आगामी वर्ष सन् २०२६ बाट लागू गरिनेछ। त्यस अन्तरगत स्थानीय बासिन्दाहरुले कुकुर पालेबापत प्रतिवर्ष १ सय युरो शुल्क तिर्नुपर्नेछ । सहरको फूटपाथको सरसफाइँ गर्नु पूरै समाजको जिम्मेवारी भएको प्रान्तीय पार्षद वाल्चर बताउँछन् । उनी भन्छन्ः हाम्रो सहरका सडकमा फोहोर केवल कुकुरको दिसाका कारण हुन्छ । यदि यो कानून पारित भएमा आयको केही हिस्सा कुकुरको दिसाले भरिएका सडकको सफाइमा खर्च गरिनेछ, जुन निकै गम्भीर समस्याको रुपमा रहेको छ । साथै कुकुरहरु र कुकुरपालकका लागि विशेष रुपमा नयाँ पार्कहरु निर्माणमा समेत लगानी गर्ने योजना उनको छ । इटालीको बोलजाने सहरमा ल्याउन थालिएको नयाँ कुकुर करले घरपालुवा कुकुर राख्ने सहरबासीलाई जिम्मेवार बनाउन र कुकुरको फोहोरका कारण उत्पन्न हुने समस्या समाधानमा सहयोग पूराउने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *