एमाले केन्द्रीय सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाण्डौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा पौने १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुबाट ललितपुर आइपुगेका हुन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ।

सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन। आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसमा आधारित भएर सदस्यहरूले धारणा राख्नेछन्। बैठकमा महासचिव शंकर पोखरेलले धारणा राखेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *