देश प्रतिक्रान्तितर्फ गएको छ : अध्यक्ष ओली

काठमाडौं । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् । आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फको, यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ ।’ उनले देश बर्बादीतर्फ धकेलिएको बताए ।

‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ ।’ ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताए । ‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं’ उनले भने, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर ? होइन । हामीले नराम्रा नीति लिएर ? हाम्रा राष्ट्र देशका नीति विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *