प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् । बुधबार एक प्रेस विज्ञाप्ती जारी गर्दै उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले एकदमै दुखद तुल्याएको बताइन् । साथै, उनले अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता जोशीको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेको बेला उनको मृत्युको खबरले दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको बताइन् । बन्धक हुनुपूर्वका अन्तिम क्षणमा जोशीले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुरा उनको बीरतापूर्ण कार्य र जीवनको सबैभन्दा ठूलो विरासत भएको पनि उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *