ग्लोबल आइएमई बैंकले डाक्यो कात्तिक २६ गते १९औँ वार्षिक साधारण सभा

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली व्यवसायीक उद्देश्यहरू थप वा संशोधन गर्ने र नियामकबाट थप केही निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सञ्चालक समितिको गत आव २०८१।८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको आव २०८१।८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण र चालु आव २०८२।८३ को लागि लेखापरीक्षण नियक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *