जेनजीसँग राष्ट्रपतिको वार्ता जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूसमेत राखेर जेनजी युवाहरूसँग वार्ता गरिरहेका छन् । वर्तमान सरकार गठन भएपछि पनि भदौ २३ र २४ को प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले असन्तुष्टि जारी राखेपछि राष्ट्रपति पौडेलले वार्ता थालेका हुन् । यसअघि वार्ताका लागि समय तय भए पनि राष्ट्रपति अस्वस्थ भएपछि हुन सकेको थिएन ।

राष्ट्रपति कार्यालय शितलनिवासमा जारी वार्तामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल, कृषिमन्त्री मदन परियार सहभागी छन् । जेनजी अभियन्ताका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धीरज जोशी सहभागी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *