पाँच तारा सहकारी संस्थाको १८ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्वन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्यहरुको विचमा बार्षिक नीति तथा कार्यक्रम माथि व्यापक छलफल गरी सभा सम्पन्न गरेको छ। संस्थाले विगतका बर्षहरुदेखि नै सभालाई भड्किलो नवनाई मितव्ययी रुपमा सम्पन्न गर्दै आएको छ । सभामा अध्यक्षको प्रतिवेदन,लेखा परीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण,लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आ.ब.२०८१ ।८२ को आर्थिक प्रतिवेद माथि छलफल गरी सभामाट पारित गरिएको थियो । सभामा अध्यक्ष भोलानाथ पाठकले प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको सक्रिय सहभागिताको कारण संस्था निरन्तर अगाडि बढेको र उनीहरुको आर्थिकस्तर वृद्धि तथा उन्नतिका लागि काम गरिराखेको बताए ।

सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्न सरकारले पछिल्लो समय विभिन्न निकाय गठन गर्नु सकरात्मक भएको भन्दै उनले यसले यो क्षेत्रलाई सुरक्षित र बलियो बनाएर लैजान मदत पुग्ने विश्वास व्यक्त गरे । बैंक तथा वित्तीय संस्थामा समेत अधिक तरलता रहेको र मुलुकको राजनीतिक अस्थिरता र समय समयमा हुने आन्दोलनले लगानीको वातावरण धुमिल हुँदा त्यसको चक्रिय प्रभावले सहकारी क्षेत्रलाई समेत अप्ठ्यारो पारेको उनको भनाई छ । बैंकहरुले निक्षेपमा सामान्य पनि ब्याज नदिने र संघहरुमा राखेको रकम तरलतामा गणना नहुने भन्ने जस्ता समस्याले सदस्यबाट महंगोमा उठाएको बचतलाई कसरी परिचालन गर्ने भन्ने मुख्य समस्या अहिले खडा भएको अध्यक्ष पाठकले सभामा जनाए ।

संस्थाको आम्दानीमा संकुच आउदा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमहरु कटौती गर्दै जानुपर्ने अवस्था आएको र साधारण सभा लगायतका कार्यक्रमलाई सरल र कम खर्चिलो बनाउदै नियमनकारी निकायको निर्देशनलाई समेत पालना गरी अगाडि बढ्नुको विकल्प नरहेको अध्यक्ष पाठकले बताए । सहकारीमा कम वा बढी शेयर खरिद गरे पनि सदस्यको अधिकार बराबर हुने र हरेक कार्यक्रममा सहभागी हुने अधिकार भएकाले प्रत्येक सदस्यले कम्ती १० हजार बराबरको शेयर खरिद गर्न उनले सभामा आग्रह गरे । संस्थाले बर्षमा ४।५ वटा कार्यक्रममा आयोजना गर्ने र उक्त कार्यक्रममा प्रति सदस्य ठुलो रकम खर्च गर्नुपर्ने भएकाले पनि प्रत्येक सदस्यले शेयर वृद्धि गरी १० हजार पु¥याउन आवश्यक रहेको उनको भनाई छ । संस्थाले स्थापनाकालदेखि नै समयमा नै साधारण सभा सम्पन्न गर्ने गरेको र प्रत्येक सदस्यलाई बार्षिक प्रतिवेदन तथा अन्य जानकारी उपलब्ध गराउदै आएको भन्दै अध्यक्ष पाठकले वित्तीय पारदर्शिता कायम गरी संस्था अगाडि बढेको बताए ।

आर्थिक बर्ष २०८१।८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ८ करोड ३३ लाख, जगेडा कोष ६ करोड ६७ लाख,बचत संकलन ६४ करोड ५२ लाख, ऋण लगानी ७० करोड १४ लाख पुगेको छ । संस्थाले गत आ.ब.को नाफाबाट शेयर लाभांश कोषमा ३५ लाख ४९ हजार र संरक्षित पुँजी फिर्ता कोषमा १८ लाख ४८ हजार छुट्याएको छ । संस्थाले गत आर्थिक बर्षमा सदस्य सम्मान, रक्तदान, जेष्ठ सदस्य सम्मान, स्थानीय क्लब तथा समुदायलाई आर्थिक सहयोग जस्ता थुप्रै क्रियाकलाप गरेको छ । सभामा कोषाध्यक्ष अवधेश कुमार पाण्डेले आर्थिक बर्ष २०८१।८२ को बार्षिक तथा आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक दिपक रिजालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले विभिन्न १६ प्रकारका बचत खाता सञ्चालन गरी सदस्यबाट बचत संकलन गर्दै आएको छ भने सदस्यहरुको आवश्यकता अनुसार घर जग्गा खरिद र निर्माण,शैक्षिक, कृषि,उद्यमी तथा विपन्न वर्ग,साधरण तथा घरायसी जस्ता शिर्षकमा ऋण लगानी गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । ‘ सकृय सदस्यको पहिचान, पाँच तारा सहकारीको अभियान’ भन्ने उदेश्य अनुसार संस्थाले निस्कृय सदस्यता खारेजीको अभियान चलाएको छ । संस्थामा सदस्य बन्ने मात्र होइन,नियमित बचत लगायत विभिन्न गतिविधिमा सहभागी हुने, ऋण लिने र उद्यमी बनी समयमा ऋणको साँवा ब्याज भुक्तानी गर्ने सदस्य संस्थाले खोजेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *