कांग्रेस केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ । सानेपास्थित पार्टी कार्यालयमा २८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठक १ कात्तिक दिउँसो १ बजे पुनः बस्ने छ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगायतले आ(आफ्नो धारणा राखेका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला पनि आ–आफ्नो धारणा राखेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय सदस्यहरू सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि आ–आफ्नो धारणा राखेको उनले बताए । विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकोले बैठक शनिबार पुनः बस्ने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *