मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी छोड्दिनँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले नै पदबाट राजीनामा नदिने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । राजीनामाबारे ओलीले भने, केही साथीले राजीनामा माग्नु भएको छ । मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ ।

राजीनामाका विषयमा महाअधिवेशनमा छलफल गर्ने बताए । राजीनामाका विषयमा महाअधिवेशनमा छलफल गरौँला, प्रतिननिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्तताका साथ नलगौँ, मित्रतासाथ जाऔँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *