अन्धकारमुक्ति सहकारी संस्थाको २७ औं साधारण सभा,नयाँ सञ्चालक समिति चयन

अन्धकारमुक्ति वचत तथा ऋण सहकारी सस्था रामपुर पाल्पाले निर्णय प्रमाणीत सहितको २७ औे वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको सभाको वक्ता लुम्विनी प्रदेश वचत तथा ऋण सहकारी सघ (लुम्विनी प्रोस्कूनं)का अध्यक्ष कृष्ण नेपाल रहेका थिए । ५ स्थानहरुवाट सेवाकेन्द्र स्तरीय तथा एकाईगत साधारण सभावाट छनोट प्रतिनिधि सदस्य सहीत सम्पन्न सभामा बोल्दै अध्यक्ष नेपालले काम गर्दा अप्ठयारो हुनसक्छ यसवाट कत्तिपनि विचलीत नभैकन निष्ठा पूर्वक अगाडि बढ्न आग्रह गरे । सहकारीको मुल मर्म,यसका सिद्धान्त, अवधारणा सहित सहकारीमा सदस्य स्वःमालिक, स्वःनियन्त्रण, स्वःलाभ र हानीको व्यवस्थापन, निहित रहने भन्दै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका काम कर्तव्य र अधिकारका सम्वन्धमा जानकारी गराएका थिए । सस्थाका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले निर्णय प्रमाणित सहितको साधारण सभाका मुख्य मुख्य प्रस्ताव तथा विषयहरु पेश गरी साधारण सभामा छलफल भई ,सभाले अनुमोदन तथा निर्णय गरेको छ । उनले पाल्पा जिल्लाभर कार्यक्षेत्र वनाई वित्तिय सेवा प्रदान गर्दै आएको सस्थाले २०८२ साल असार मसान्तर सम्म आईपुग्दा ११ हजार ४४० जना शेयर सदस्य, सस्थाको कुल वचत १ अर्व २६ करोड, कुल ऋण लगानी १ अर्व ५ करोड, कुल शेयर पुँजी १५ करोड ८३ लाख सहित कुल १ अर्व ६४ करोड बराबरको पुँजी परिचालन गरी खुद नाफा ३ करोड ४६ लाख ६१ हजार गर्न सफल भएको बताए । यस वर्ष पनि शेयर लाभांश र संरक्षित पुजि फिर्ता कोष प्रदान गरिने साधारण सभाले निर्णय गरेको जानकारी उनले दिए । कार्यक्रममा शेयर सदस्य रामपुर नगरपालिका वडा नं ५ एकराज गैतम, वडा नं ६ का वासुदेव ढकाल, वडा नं ७ सन्दीप राना, वडा नं ८ का भिम वहादुर नामजाली, वडा नं ९ का शम्भु प्रसाद अर्यालले सस्थाका गतिविधिहरुका सम्वन्धमा आ आफ्ना धारणा राखेका थिए । सदस्य सन्दिप रानाले उद्यमशीलताको विकास विना देशको आथिक समृद्धि गर्न नसकिने भन्दै यस सस्थाले आफुसंग भएको पुँजी परिचालन गर्न तथा उत्पादन संग सदस्यहरुलाई जोड्न यस क्षेत्रको संभाव्यताको अध्ययन गरि आफ्ना भावी कार्यक्रमहरु तय गर्नुपर्ने बताए । सस्थाको विधान अनुसार यस वर्ष सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको गठन तथा निर्वाचन सर्वसम्मत रुपमा भएको छ । अन्तिम नामावली घोषण गर्दै निर्वाचन उपसमिति सदस्य बालकृष्ण लम्सालले नव निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई पदभार ग्रहण तथा निर्वचान उपसमिति सदस्य सुर्य प्रसाद धिमिरे ले सपथ ग्रहण गराएका थिए । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सदस्यहरुले दिएको राय, सुझाव र सल्लाह संस्थाका लागि मार्गनिर्देशन हुने बताए । त्यसले सस्थाका नीति तथा कार्यविधिहरु बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । अध्यक्ष देवकोटाले एक कार्यकाल सञ्चालक समिति सदस्य, दुई कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भई सेवागर्ने मौका दिएकोमा सबै प्रति धन्यवाद व्यक्त गरे । भोलीका दिनहरुमा सस्थागत विकासका लागि सधै लागिपर्ने वताउदै नव निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई सफल कार्यकालको शुभकामना दिए । सस्थाका उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको स्वगतवाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव ओमप्रकाश बस्याँलले गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *