प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण
काठमाडौँ । नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेष गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए।

यसै अवसरमा प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरिएको छ। नेपाल संवत्लाई नयाँ वर्षको रूपमा काठमाडौँ उपत्यका र नेवार समुदायको बाहुल्यता रहेका अन्य स्थानहरूमा सांस्कृतिक र्याली, बाजागाजा तथा झाँकी सहित भव्यताका साथ मनाइने गरिएको छ।