इटहरीमा एमएडब्लू वृद्धि मोटर्सको नामी भिगो इलेक्ट्रिक एसयूभी सार्वजनीक
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा ‘नामी भिगो’ नामक नयाँ इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडलले बलियो डिजाइन, स्मार्ट विशेषता र उत्कृष्ट प्रदर्शनका साथ नेपालमा मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ । नामी भिगोको ‘म्याजिक कर्भ’ डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनाको संयोजन प्रस्तुत गर्दै नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको कम्पनीले जनाएको छ । यो मोडलमा रहेको ९९ किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्छ । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन् । पहिलो ४४.९४ किलोवाट आवर क्षमताको ब्याट्री जसको डब्लुएलटीपी रेन्ज ३०० किलोमिटर छ, र दोस्रो ५१.८७ किलोवाट आवर ब्याट्री जसले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसले १६७ किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म केवल १८ मिनेटमै चार्ज गर्न सक्छ ।
कम्पनीका अनुसार यसले केही मिनेटमै करिब ११५ किलोमिटर दूरी थपिने सुविधा प्रदान गर्छ । गाडीको भित्री भाग अत्याधुनिक र आरामदायी बनाइएको छ । यसमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता विशेषताहरू छन्, जसले चालक र यात्रु दुवैलाई प्रिमियम अनुभव दिन्छ । सुरक्षाका दृष्टिले पनि नामी भिगो उच्चस्तरको छ । यसमा जिरो फायर–एक्स्प्लोजन परीक्षण पार गरेको ब्याट्री सिस्टम, ६८.४ प्रतिशत उच्च–सामर्थ्यको स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ, जसले गाडीलाई सुरक्षित र भरपर्दो बनाएको कम्पनीले जनाएको छ । नामी भिगो ई२ भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२ प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विशेष प्रारम्भिक अफर अन्तर्गत भिगो ई२ ३७ लाख ९९ हजार र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगोलाई नेपालमा नयाँ पुस्ताका लागि आकर्षक, शक्तिशाली र पर्यावरणमैत्री विद्युतीय सवारीका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
















