अहिले भएको कानुनबाट खुरुखुरु चुनाव गराउनुस् – अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई अहिले भएको कानुनबाट निर्वाचन गराउन सुझाव दिएका छन् । शुक्रबार राजधानीमा ‘नेशनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन सक्ने भए खुरुखुरु गराउन चेतावनी शैलीमा आग्रह गरेका हुन् । ‘तपाईँ यति बेला भएका कानुनबाट निर्वाचन खुरुखुरु गराउने हो भने गराउनुहोस् न त, अध्यक्ष ओलीले भने, ‘शान्तिपूर्ण वातावरण बनाउनुहोस्, हतियार फिर्ता ल्याउनुस्, अपराधीहरूलाई नियन्त्रण गर्नुहोस्, निर्वाचनयोग्य वातावरण बनाउनुस् । उनले सरकारले १२५ दलसँग गरेको वार्तालाई ‘तमासा को संज्ञा दिँदै त्यसले कुनै निकास नदिने बताए । कार्यक्रममा अध्यक्ष ओलीले भर्खरै घोषणा गरिएको ‘नेशनल भोलेन्टियर फोर्स कुनै व्यक्ति वा समूहविरुद्ध नभई देशमा शान्ति, सुव्यवस्था कायम गर्न तथा हिंसा, अराजकता र आतङ्कको अन्त्य गर्न गठन गरिएको समेत स्पष्ट पारे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *