हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको छ । सभा आगामी मंसिर २८ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८१।८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८१।८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने, आव २०८२।८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *