लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक सभा पुस १४ गते

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । सभामा सभामा आव २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *