हार्दिक आईभीएफ नेपालगञ्जमा

काठमाडौं । हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले आफ्नो नयाँ शाखा नेपालगञ्जमा उद्घाटन गरेको छ। विगत ३ वर्षदेखि सिनामंगलमा निःशुल्क परामर्श र दम्पतीका लागि सहुलियतदरमा सेवा प्रदान गर्दै आएको हार्दिक आईभीएफले अब नेपालगञ्जमा पनि सेवा दिने भएको छ। उद्घाटन कार्यक्रममा डा. अर्चनासँगै हार्दिक आईभीएफ टोलीको उपस्थिति थियो ।

सो अवसरमा डा. अर्चनाले नेपालगञ्जका दम्पतीलाई गुणस्तरीय र पहुँचयोग्य प्रजनन सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताइन् । ‘हाम्रो उद्देश्य प्रत्येक दम्पतीलाई परिवार बन्दै जाने सपनासँग नजिक ल्याउनु हो । नेपालगञ्ज शाखामा निःशुल्क परामर्श र आईभीएफ सेवा, विभिन्न प्रजनन जाँचमा विशेष छुट, ग्रेड प्रयोगशालामा उच्चस्तरीय रक्त परीक्षण, पाठेघर नली परीक्षण, उच्चस्तरीय अल्ट्रासाउन्ड सेवा उपलब्ध रहने हार्दिक आईभीएफले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *