धादिङमा स्कुल बससहित सात सवारीसाधन एकआपसमा ठोक्कियो
काठमाडौं । धादिङमा स्कुल बससहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएको छ । धुनिबेशी नगरपालिका–६, चालिसेमा शनिबार दिउँसो चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनास्थलमा प्रहरी र स्थानीय उद्धार कार्यमा खटिएका छन् । दुर्घटनामा घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अन्य विवरण आउन बाँकी छ ।
















