नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभाप्रति एमाले नेता प्रदीप ज्ञवालीको ७ बुँदे टिप्पणी

काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभाप्रति टिप्पणी गरका छन्। उपमहासचिव ज्ञवालीले दुई दशकसम्म मार्क्सवादको विकासको तेस्रो आयाम भनेर दाबी गरिएको माओवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइएको लगायत सात बुँदे टिप्पणी गरेका छन्। ‘पार्टी पहिचानको रूपमा रहेको माओवादी ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु पर्‍यो कुनै स्पष्टीकरण छैन,’ ज्ञवालीले भनेका छन्। ‘जनयुद्ध’का नाममा भएको त्यो भयानक क्षति र त्यसको बिरासत किन अलपत्र पर्‍यो भनेर पनि जबाफ नदिइएको उनले टिप्पणी गर्दै भनेका छन्। जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौं महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरू आज के भए ? तत्कालीन प्रस्तोताको तर्फबाट कुनै तर्कसंगत जवाफ छैन भन्दै उनले नेपाली कम्युनिस्ट पार्टीको तेस्रो वरीयताका नेता झलनाथ खनाललाई पनि प्रश्न उठाएका छन्। ‘अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो ? कुनै चर्चा छैन।

एमसिसी लगायत विभिन्न विषयमा नोट अफ डिसेन्ट लेख्ने साथीहरू र त्यसलाई पारित गराउन निर्णायक भूमिका खेल्नुहुनेमध्ये को कसको अजेण्डामा विलय भएको हो ? कुनै प्रत्युत्तर छैन। गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २५४२ दिन (प्रचण्ड ११५४, बाबुराम ५६२, माधव ६२२ र झलनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुणदोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजका समग्र संकटको जवाफदेही चाहिँ १९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो ? कुनै तर्कसङ्गत अभिव्यक्ति छैन,’ उनले भनेका छन्। अहिले सन्देश सभाको ब्यानरमा प्रदेशहरूमा गाली पुराण चलेको भन्दै त्यसमा नयाँ पण्डितका रूपमा राजेन्द्र श्रेष्ठ थपिएको बताएका छन्। ‘भन्न भ्याउनु भएछ– एमालेको सदस्यता ८ लाखबाट घटेर ३ लाखमा झरेको छ। मानौं उहाँ केही दिन अगाडिसम्म एमालेको संगठन विभागमा डेटा इन्ट्री गर्ने कम्प्युटर अपरेटर हुनुहुन्थ्यो, साथीहरू, अकबरले कोरेको धर्कोलाई छोटो बनाउन वीरबलले जस्तै त्यसको छेउमा लामो धर्को ताने भइहाल्छ। एमालेभन्दा राम्रो, ठूलो र उम्दा पार्टी बनाए भइगयो त। स्रोतासमेत दिक्क हुने गरी कति गाली सप्ताह लगाउनु हुन्छ ?,’ उनको टिप्पणी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *