केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफलमा जुटेको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि पार्टी बैठक बोलाउने सम्बन्धमा आन्तरिक गृहकार्यमा जुटेको हो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् ।

लामिछानेलाई पार्टीले दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखेको छ । तर केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने भन्ने सम्बन्धमा निर्णय नभइसकेको छ कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । ‘केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा महामन्त्रीसँग कुराकानी भइरहेको छ । निर्णय भएमा जानकारी गराउँछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *