रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश प्रस्ताव
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
















