२० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ निक्षेप बजारबाट खिच्दै छ । राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था आज दिउँसो २ बजेसम्म बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुनेछ । यसको सावाँ तथा ब्याज २०८२ चैत १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *