भारतमा भएको नेशनल हेराल्ड प्रकरण के हो ?

काठमाडौँ । नेशनल हेराल्ड मुद्दामा कांग्रेस नेता राहुल गान्धीको सुनुवाइ तेस्रो दिनमा पुगेको छ । मनी लान्ड्रिङ मुद्दामा राहुलमाथि प्रश्नहरूको श्रृंखला जारी छ । यस क्रममा राहुल गान्धी लगातार तेस्रो दिन देखा परेका छन्। विगत २ दिनमा सम्पूर्ण प्रश्न २१ घण्टा लगाएर सोधिएको थियो । पहिलो दिन १० घण्टा र दोस्रो दिन ११ घण्टासम्म प्रश्नहरूको श्रृंखला चलेको थियो । राहुल गान्धीलाई मनी लान्ड्रिङु एक्टको २००२ धारा ५० अन्तर्गत प्रवर्तन निर्देशकहरूले सोधपुछ गरिरहेका छन् । अर्कोतर्फ राहुलको सुनुवाइको विरोधमा कांग्रेसले देशभर विरोध प्रदर्शन जारी राखेको छ । नेशनल हेराल्ड प्रकरणले कांग्रेस पार्टी लाइ पिरोलीरहेको छ ।

सोनिया गान्धी र राहुल गान्धीमाथि नेशनल हेराल्ड पत्रिका किन्न पार्टीको कोष हिनामिना गरेको आरोप लागेको छ। बीजेपी नेता सुब्रमण्यम स्वामीले २०१२ मा उनीहरुविरुद्ध उजुरी दिएका थिए । उनीहरुमाथि सन् २०१६ देखि नै सोधपुछ भइरहेको थियो । कांग्रेसका तर्फबाट वरिष्ठ अधिवक्ता अभिषेक सिंघवीले कुनै भ्रष्टाचार वा कोषको दुरुपयोग नभएको दाबी गरिरहेका छन्। यद्यपी कांग्रेस पार्टीले उक्त घटनाको घोर भर्त्सना गरेको छ । सो मुद्दाको विषयलाई लिएर कांग्रेसले व्यापक विरोध प्रदर्शन गरी रहेको छ। सत्याग्रह मार्चको नाममा र्‍याली पनि निकालिएको छ । केहीलाई प्रहरीले पक्राउ पनी गरेको छ ।

यसै क्रममा नेशनल हेराल्ड मुद्दाले चर्चाको शिखर चुमीरहेको छ । यो घटनाको वास्तविकता र मौलिकता बुझ्नको लागि इतिहासमा जानुपर्छ।द नेशनल हेराल्ड’ पत्रिका छाप्ने कम्पनीलाई कांग्रेसले किन्न पैसाको दुरुपयोग गरेको मुख्य आरोप लागेको हो । मुद्धालाई यहाँ सम्म पुर्याउनको लागि २०१२ मा भाजपा नेता सुब्रमण्यम स्वामीले कांग्रेस नेता सोनिया गान्धी र राहुल गान्धीविरुद्ध मुद्दा दायर गरेका थिए। नोभेम्बर १,२०१२ मा, स्वामीले दिल्लीको एक अदालतमा सोनिया र राहुल गान्धीले हजारौं करोड रुपैयाँ ठगी गरेको र जग्गा हडपेको आरोप लगाएका थिए। सोनिया गान्धी र राहुल गान्धीले यंग इन्डियन प्राइभेट कम्पनीमार्फत दिल्ली, यूपी र अन्य ठाउँमा भएको एसोसिएटेड जर्नल्स लिमिटेडको (एजेएल) १,६०० करोड रुपैयाँको सम्पत्ति जफत गरेको आरोप छ।नेशनल हेराल्ड एउटा अखबार हो ।

यो जवाहरलाल नेहरू द्वारा १९३८ज्ञ मा शुरू गरिएको थियो । नेशनल हेराल्ड पत्रिका एसोसिएटेड जर्नल्स लिमिटेड द्वारा प्रकाशित गरिएको थियो, एसोसिएटेड जर्नल्स लिमिटेड १९३७ मा स्वतन्त्रता सेनानीहरूको समूह द्वारा स्थापित संस्था हो । उक्त समूहमा करिब पाँच हजार स्वतन्त्रता सेनानी शेयरधनी थिए । नेशनल हेराल्ड पत्रिका छोटो समयमा नै राष्ट्रवादी पत्रिका बन्न सफल भएको थियो । तर, आर्थिक कारणले सन् २००८ मा कागजी पत्रिकाको सेवा बन्द भयो । तर २०१६ देखि डिजिटल प्रकाशन सुरु भयो। सेप्टेम्बर २०१० सम्म एसोसिएटेड जर्नल्स लिमिटेडमा १,०५७ शेयरधारकहरू थिए । नेशनल हेराल्ड पत्रिकाका लागि आर्थिक समस्या आएपछि कांग्रेस पार्टीले किस्तामा केही रकम उधारो दियो ।

कांग्रेस पार्टीले एसोसिएटेड जर्नल्स लिमिटेड लाई सधैँ बिना व्याज ऋण दिने गर्थ्यो।त्यसै अनुसार रु ९० करोड रुपैयाँ उपलब्ध गराए पनि सन् २००८ मा पत्रिका बन्द गर्न बाध्य भयो । यंग इन्डियन प्राइभेट कम्पनीले एसोसिएटेड जर्नल्स लिमिटेड लाई लिँदा र दुई कांग्रेस नेताहरूले यंग इन्डियनमा बहुमत सेयर पाएपछि त्यो ऋण रु ५० लाखमा राइट अफ(खराब ऋणको रेकर्ड रद्द गर्नु वा क्षति वा सम्पत्ति पुन प्राप्त गर्न असफल भएको स्वीकार गर्नु) गरिएको थियो, पछि भाजपा नेता सुब्रमण्यम स्वामीले यस विषयमा बग्रेल्ती आरोप लगाए । उनले सोनिया गान्धी र राहुल गान्धीले एसोसिएटेड जर्नल्स लिमिटेड कब्जा गर्न र २,००० करोड भन्दा बढीको सम्पत्ति प्राप्त गर्न कांग्रेस पार्टीको कोष प्रयोग गरेको आरोप लगाएका थिए ।

उनले एसोसिएटेड जर्नल्स लिमिटेड लाई यंग इन्डियन प्रा .लि.ले ठगीपूर्वक अधिग्रहण गरेको घोषणा गरे । सुब्रमणियनको उजुरी अनुसार, आयकर ऐन अन्तर्गत राजनीतिक संस्थालाई तेस्रो पक्षसँग वित्तीय लेनदेन गर्न अनुमति थिएन। उनले सोनिया गान्धी र राहुल गान्धीले अर्बौं रुपैयाँको सम्पत्ति जफत गर्ने षड्यन्त्र गरेको पनि बताइरहेका छन् । हेरौं यो प्रकरणले कस्तो मोड लिन्छ । के हाम्रोमा पनी अदालत र संवैधानिक आयोगहरूले हाम्रो नेताहरूको विवादित मुद्धाहरु जस्तै ः ललिता निवास प्रकरण वा बालुवाटार जग्गा प्रकरण ,सेक्युरिटी प्रेस प्रकरण ,क्यान्टोनमेन्ट घोटाला प्रकरणहरूमा बयान र छानविन गरी दोषी उपर सजाय गर्ने साहास गर्न सक्ला ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *