ती पाइप,त्यो हुक्का अनी बिडी सिगार चुरोट र चीया भाग–१

(१) बालकोट टी चुरोटे पार्टी
मन बहलाउन वा समय कटनीका लागि गरिने बातचित मात्र हैन हुँदै नभएको कुरा;झुटो कुरा पनि गफको अर्थ भित्रपर्छ । भए नभएको कुरा जोडेर गफ छाट्नेलाई गफास्टक भन्नु पर्ने भनेर नेपाली बृहत शव्दकोशले मात्र हैन जनतालाई भए नभएका आश्वासन दिने,सपनाहरुको घोषणा गर्ने नेपालका राजनीतिज्ञ राजनीतक नेता र राजनीतिक पदाधिकारीहरुले पनि सिकाएकोले तिनीहरु कै पछि लाग्ने समस्त नेपाली जनता अर्थात हामी राजनीतिज्ञहरुको मतदाता पनि गफाडी अर्थात गफास्टक राजनीतिज्ञ र हामी आशे गफाडी मतदाता ! ‘उहिले नुवाकोटवाट काठमाण्डौ राजधानी सार्ने कुरा आउँदा प्रसिद्ध ज्योतिष कुलानन्द ढकालले “काठमाण्डौमा राजधानी सारिएमा त्यसले मूलकाजी (प्रधानमन्त्री) लाई पिर्छ,एकपटकमा बढीमा अढाई वर्षभन्दा बढी कोही टिक्न सक्ने छैनन्” भनेका थिए रे । त्यसैले नै जङ्गबहादुरको पालादेखि राणाहरुले श्री ३ महाराजको पदवी धारण गरेर टिक्ने जुक्ति निकालेका थिए रे ! त्यसैले यो चुनावसुनावको लफड़ा भन्दा प्रधानमन्त्रीलाई श्री ३ को पदवी सहित एउटा श्रीपेच दीऊँ ’ भन्दै नेपाल सरकारका उपसचिव छविरमण भट्टराईले १९ जनवरी ई.सं.२०२१ का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा गफ सन्दर्भलाई लिएर साझा गर्नु भएको यो इतिहाशका कुरा सम्झदा बुढापाकासँग बसेर चुरोट नपिएपनि चीया पीउदै यस्ता गफ गर्ने इच्छा मरेको थिएन । गफैले हसाउनेहरुको कुनै रमाइलो कुरा सुनेपछि त्यसलाई सम्झेर टिपोट गर्ने गर्थे या दिमागमै सञ्चित–सम्झेर राख्थें । कुनै समयमा राजनीति गफ गर्दा राजनीतिज्ञहरुलाई यसो भनेर व्यङ्ग रमाइलो गरिन्थ्यो–(१)मनमोहनका चार रथ माधव–आरके–बामदेब–भरत(मनमोहन सरकारको पालामा) । (२) गिरिजाप्रसादका चार बाण प्रहार खुम–उमेश(गिरि)–विजय–देब प्रकाश को घटना र बिचार(रेडियो कार्यक्रम) । (३) गिरिजाप्रसादका चार आश सुशील–लक्ष्मण(घिमिरे)–शेरबहादुर–महेश । (४)प्रचण्डका चार विश्वास पोष्ट–मोहन(बैध)–नन्द–प्रकाश (५) ज्ञानेन्द्र राजाका चारप्रयत्न प्रज्ज्वल–तुलसी–श्रीष–रत्न ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वार्ड नम्बर ०२ लाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको घर भएकालाई साविकमा पश्चिम बालकोट र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको हनुमन्ते खोला पारीको क्षेत्रलाई पूर्वि बालकोट भनिन्थ्यो । यस क्षेत्रमा बिहान डुल्दा चिया पसलमा थुप्रै परिचितहरु भेट्न सकिन्छ । एउटा हातले चुरोट र अर्को हातले दुधवाला चियाको ग्लास च्यापेर गणतन्त्र,संङ्घ–प्रदेश खारेज,देश,राजनीति,धर्म,युद्ध,शान्ति,क्रान्ति सवै विषयको अनौपचारिक मन्थन हुन्छ त्यहाँ, सबै दलसँग आवद्ध ।

(तस्वीर श्रेय ः एआई प्रविधिबाट सिर्जना गरिएको मिथिला नगरपालिका–१० लालगढ धनुषा निवाशी मझौला उधमी शिक्षा प्रेमि तथा समाजसेवी रुपा कोइराला दाहालबाट–११ पूष बि.सं.२०८०)
‘ बराल सरले हामीले तिरेको करले पेन्सन खाएको भनेर राजनीतिमा नलागि स्वतन्त्र भएर आदर्श देखाएर के हुन्छ र ? ट्रेड यूनियन भनाउँदाहरुको पद मै बसेर देखाएका झोले प्रवृति,सामाजिक सञ्जालमा लेखेका चर्तिकला देख्नु र भोग्नु भएको छैन ? खुरुक्क हाम्रो पार्टीमा आउनुस त नभए चाहिदो शिक्षा हाशिल गरिसक्नु भएको र बालबच्चा पनि हुर्किसकेकाले अब हजुरको मैडमले राजनीतिमा लाग्दा हुन्छन नी त’ जे होश दलको नाम नखोलेपनि दलका मान्छे ले नै म मार्फत सुझाव दिए,कुरा राम्रै थियो गफको–चिया चुरोटको सितनको लागि । र,मैले पनि मौन बस्न नसकेर फलाना फलानाहरुले हामी दुवैलाई राजनीतिमा आउन बिचार दिएका नै थिए । बरु घर गृहस्थी समाजसेवामा लाग्न मञ्जुर भइन मेरी मैडम,झन अहिले त मैले राजनीतिमा लाग्ने कुरा गरेमा झगडा नै पर्छ ,उनी स्पष्ट छिन–‘पूँजीबादले बिशुद्ध प्रजातन्त्र सञ्चालन गरेपनि महिलालाई सजिलो थिएन,अव त प्रजातन्त्रको राजनीतिक आदर्श नै मरिसकेको र बानवीय स्वभावको अति उच्च महत्वकांक्षालाई उचित मार्गनिर्देशन गर्न नसक्दा अनियन्त्रित अनेक स्वार्थ तथा बादहरु हावि भएको अवस्थामा सिर्जना भएका दलभित्रका संस्कार हिन उच्च महत्वकांक्षि उपदलहरुको बिचमा त त झन कठिन छ,मूल्य मान्यता तथा सदाचार एवं नैतिक आदर्श राजनीतिप्रतिको मेरो बिचारचाहिँ कहिले नष्ट हुँदैन’भन्दै हिलारी क्लिटनको पराजय तथा हैरिशको निस्क्रियताको समाजशास्त्रीय सन्दर्भ पनि जोडेर मलाई तर्कमा आच्छु आच्छु पार्छिन” भनेर मैले पनि गफ दिन पछि परिन ।‘..राणा हो । तिमीहरूलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो तर तिमीहरूलाई स्वार्थले गुलाम बनायो । प्रजाको उन्नति गराउने सट्टामा प्रजाको रगत चुसी आफ्नो छोरा, नाति धनी गराउने कोशिश गर्यौ । यहाँ भन्दा ठुलो कुकर्म के होला । आफै बिचार गर । तिमीहरूलाई स्वार्थले कस्तो अन्धो बनाएको रहेछ’ भन्ने व्यहोरा प्रश्तुत गरेर बुद्धिजिवि तथा सचेत नेपाली नागरिक रुद्र सुवालले–“नेपाल प्रजापरिषदको बि.सं १९९७ असार ०९ गतेको पर्चा–०१ को केही अंश आजको समयमा पनि सान्दर्भिक देखिएको” भन्दै साल ठ्याक्कै एकिन हुन नसके पनि तारिख २२ जनवरीको दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको बिचारलाई मैले गफको श्रृख्लामा जोडेको थिएँ ।
भारतीय परम्परामा राजालाई बिष्णुको अवतार मानिन्छ । बिश्वका हिन्दू धर्मालम्बीहरुको पनि यही मत भएको पाइन्छ । भारतको श्रीराम जन्मभूमि तीर्थ ट्रष्टका महासचिव चम्पत रायले ’प्रधानमन्त्री नरेन्द्र मोदी यस देशको लागि भगवान बिष्णुको अवतार हुनु हुन्छ’ भनेर भने पछि बिश्वको सबभन्दा ठूलो लोकतन्त्रमा राजाको कुरा भनेर भारतमा निकै बहश चल्यो । टी चुरोटे पार्टीले गफमा यो बिष्णु अवतार बिषयलाई पनि छोडेनन् । यही चर्चामा आएको बिष्णु अवतारप्रति ब्यङ्ग गरिएको डा. मिनहाज जफरकोे हिन्दी गजल कवितापनि १८ डिसेम्बर ई.सं.२०२३ मा सामाजिक सञ्जालमा साझा भएको थियो । कविताको भाव यस्तो थियो–“चम्पत बाबूको हृदयकों जमीन्दार हुनुहुन्छ साहेब,उहाँ भन्नु हुन्छ विष्णुजी को अवतार हुनुहुन्छ साहेब । श्रीपेच नभएपनि उहाँको त राजा नै हुनुहुन्छ,राजाको छप्पन्न गुणले परिपूर्ण हुनुहुन्छ साहेब । जे भन्यो त्यो पुग्ने उहाँको देव बाणी छ,जुन सुकै जन्ममा पनि जनताले स्वीकार्ने नै हुनुहुन्छ साहेब । जहाँ जहाँ टेक्नु हुन्छ उहाँले त्यहाँ त्यहाँ प्राय ःबिजय हुनुहुन्छ, अद्भुत,अलौकिक,दिव्य,चमत्कार हुनुहुन्छ साहेब ।”
बिष्णु अवतारको प्रसङ्ग झन लम्बियो जस्तै– एउटा ब्यक्तिप्रति प्रहार गरेर केही हुँदैन बरु उल्टै प्रहार खेप्नेलाई फायदा हुन्छ भन्ने कुुरा त ई.सं.२०१९ को चुनावमा मोदीजीप्रतिमात्रै प्रहार हुँदा झन फायदा भयो । चुनावप्रणाली परिवर्तन–राजनीतिक ब्यवस्था परिवर्तन लगायत समस्याको चुरो बारे राहुलले कुनै बैचारिक कुरा गरेका छन ? भारतीय बामहरुले आफुहरुका गुट उपगुटमा एकता कायम गर्नुपर्नेमा इण्डिया गठबन्धनका काँग्रेस बाहेक अरु क्षेत्रीय दलहरु बिगतमा कुशासनको लागि दुर्गन्धित पाइएको कुरा भूलेर त्यस्ता दलहरुसँग गठबन्धन गरेकोले यही गठबन्धनमा रहेर चुनाव लडेमा बामहरुको झन कमजोर हुने स्थिति आउनेछ । बिष्णुको अवतार भन्नुको अर्थ राज्यसत्ताको स्तुती हो । नेताको कमजोरीबारे चर्चा गरेमा दलभित्रका झोलेहरुले मुक्का हान्लान भन्ने त्राहीमाम नेपालमा छैन र ? समाजको रुपान्तरण गर्ने साहित्य हुनुपर्छ भन्ने लेखनाथले त जुद्ध शमसेरको त्यागको स्तुतीसँग पधम् शमसेरको उदयको स्तुती गरेर ‘त्याग र उदय’ कविता बि.सं २००२ साल मार्ग महिनामा (कवि शिरोमणि पदवी श्री ५ त्रिभूवनले २००९ सालमा दिनु भएको) लेख्नु परेको (गोरखापत्रमा पनि छापिएको) सन्दर्भ जोड्दै लेखक,प्राज्ञ,बुद्धिजिवि बलराम सापकोटाले १५ कार्तिक बि.सं २०८० मा आफ्नो सामाजिक सञ्जालमा साझा गर्नु भएको उक्त कविताको सन्दर्भ पनि जोडेर लचिलो गफ तन्किदै थियो ।

(तस्वीर सौजन्य ः होम–सेभेन डट इजु डट र टप १४६ प्लश टी स्टल मेमोरी ड्रइङ्ग एजी र दिपक कुण्डम–सब्जेक्ट ड्रइङ्ग अन पेन्सिल स्केच–टी स्टल पेन्सिल स्केच.–चित्रायम आर्ट एकेडेमी मार्फत गुगल इन्टरनेट २७ डिसेम्बर ई.सं.२०२३ )
पढ्न लेख्नतिर भन्दा धर्मको नाममा हुने समारोहमा सहभागी भएर डीजे नाँचमा कम्मर मर्काउने–हुलदङ्गा समेत गर्ने युवाहरु तथा छठको पर्वमा नेताहरु समेत सहभागी भएको कार्यक्रममा शुल्क तिरेर ल्याईएका नर्तकीका हेर्न पनि आँखा छोप्नु पर्ने पहिरनमा हुई हुई सुई सुई गर्ने तर प्रतिष्पर्धी परीक्षामा भने सफल हुने प्रतिशत हरेकसाल घटाउन आतुर देखिएका युवा मतदाताहरु हुञ्जेलभगवान रामको नाममा धर्मको राजनीति फापेको बेलामा भारतमा ‘अवकी बार फिर मोदी की वापसी शानदार’ हुनेछ हेर्नुहोला भन्दै दिनै पिच्छे गफका रमाइला प्रसङ्गको बीच आपशी घोचपेच पनि चल्थ्यो ।
अशन त्यौड बश्ने कृष्णलाल श्रेष्ठले आफ्नी छोरीको बिबाहमा प्रचलित सवालले तोकेको गोडधुवा दिने सिमा भन्दा बढी ड्रेसिङ्ग टेवल समेत गोढधुवा दिएपछि प्रहरीले पक्रेर सदर जङ्गीकोतवालीमा सजायको लागि चलान गरेको समाचार गोरखापत्रमा समेत छापिएको गफ चलाउँदै बि.सं.२०३३ सालको सामाजिक ब्यवहार कानून समेत यी नेताहरुलाई मतलव नभएर सामाजिक व्यवहारको विविधताले समाजमा बिकृति ल्याउने सन्दर्भ समेत जोड्दै नेताहरुले नै सदाचार र मितव्यिताको उदाहरण प्रश्तुत गर्दै अरुलाई समेत यसको लागि बाध्यपार्ने कानूनी व्यवस्था हुनुपर्छ भन्दै गर्दा अरु थप पनि सुन्न जम्मा हुन्थे ।
यसै सन्दर्भमा,“२६ डिसेम्बर छिमेकी देश चीनका सर्वोच्च नेता माओ त्सेतुङ्गको १३० औँ जन्मदिन । यही दिन पारेर कोके,मुक्तिमोर्चा,सन्देश समूह,पूर्वको रातो झण्डालगायत विभिन्न खोला मिसिई बि.सं.२०३५ साल पौष ११ गते(बि.सं.२०८० सालमा पुस १० गते २६ जनवरी परे पनि बि.सं.२०३५ सालमा २६ जनवरी पौष ११ गते परेको थियो) मा नेकपा (माले) रुपी नदी निर्माण भएको थियो । आज फेरि त्यो नदी ढुङ्गा,गिट्टी,बालुवा (क्रसर) ओसार्नेहरुले मज्जैसँग दोहन गर्न सजिलो हुनेगरी भङ्गालोमा परिणत भएको छ । अब फेरि कहिले कोशी,गण्डकी,कर्णाली मिलेको महानदी बन्ने हो कुन्नी !” भनेर जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ट सञ्चारकर्मिले १० पुश बि.सं.२०८० का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको बिचार सँगै महानदी त हैन मध्य पहाडी भित्रका जलाधार क्षेत्रहरु पनि सुकाउने प्रपञ्च चाहिँ होला है जस्ता घोच पेच पनि गफको श्रङख्लामा मिशिएको थियो ।“यदि म गलत छैन भने,महाभारतको लडाईमा अर्जुनको छोरा अभिमन्यूलाई युद्धको नियम बिपरित घेरा बन्दी हाली हत्या गरिएको थियो ! हात्तीको बच्चा छावा लाई हात्तीले बिचमा राखेर घेराबन्दी गरेर उस्को जीवन रक्षा गर्दछ भने मानिसको बच्चा जन्मनु भन्दा पहिले त्यसै गरि आमाको पेटमा घेरा बन्दीमा रहि सुरक्षित रहन्छ ! यी भए यथार्थमा रहेका बिषय बस्तु ! तर अहिले हाम्रो देशमा सञ्चालित बहुलवादी व्यवस्थामा यस्तै यस्तै भएको देखिन आएको छ ! देशका सबै पार्टीहरुमा यो अवस्था रहेको देखिन पाईन्छ । म नेकपा एमालेको सदस्य हु ! यहाँ पनि अबसर पाउनको लागि धेरै घेराबन्दी पार गर्नु पर्दछ ! बिचार र ईमानदारीको घेराबन्दी होईन ! सोर्स–फोर्सका घेरा बन्दी,अर्थात नेतृत्वको नजिक जो पुग्न सक्छ उसैले घेरा बन्दी तोडेर आफ्नो अवशर प्राप्त गर्न सक्छ,अर्थात साम– दाम–दण्ड भेद सबै अपनाएर चतुर बन्नु पर्येा होईन भने सोझा सिधाका दिन गएछन अब । घेराबन्दी चरणबद्ध छन स्थायी समिति–केन्द्रीय समिति–प्रदेश कमिटि–क्षेत्रीय कमिटि–नगर कमिटि–र,अन्त्यमा वडा कमिटि ! यी त आधिकारिक कमिटिहरु हुन ! अनाधिकारिक रुपमा अन्य धेरै खुड्किला पार गर्नुपर्दछ । यी सम्पूर्ण खुड्किला पारगर्न सकिए भने तपाईका समस्या सुनिन्छ होईन भने ॐ नम ः शिवाय !
अहिले वडादेखि संसदसम्म चुनिएर जानु भएका मित्रहरुलाई कसैको समस्या सुन्ने फुर्सद छैन । झन वडा–नगर–महानगर आदिमा केही समश्या लिएर जानू भयो भने ! हेरौला–गरौला–हुन्छ भन्ने सुन्न पाउनु हुन्छ तर पानी कहिले पर्ने हो थाह छैन ! ल ! यस्तै रहेछ यहाँको चलन भन्नूहोश र चित्त बुझाउनु होश !(घेरा बन्दी)” भनेर नेकपा एमाले मोरङ्ग जिल्ला सल्लाहकार समिति सदश्य तथा नेपाल सरकारका सार्वजनिक संस्थानका पूर्व अधिकृत कर्मचारी बिराटनगर–१० तिनटोलिया निवाशी सन्तोष कुमार दाहालले मिति २६ जनवरी ई.सं.२०२३–पुष १० बि.सं. २०८० का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो ।सन्तोष कुमार दाहालको सोसलमेडीयाको उपरोक्त बिचारलाई पनि लौ हेर्नुस एमाले कै जिल्ला सल्लाहकारले गरेको यो गुनाशों त अहिले नेपाली बाम दल मात्र हैन हरेक राजनीतिक दलभित्रको यथार्थ चित्रण हो भन्दै चूरोटको खरानी झण्डै चियाको भरी ग्लासभित्र पार्न खोज्नेको आबेगको स्वरमा बालकोट टी चुरोटे पार्टीको माहोल गरम हुँन्थ्यो ।
गफ पार्टीको यस्तो महौलमा–“यदी राजनीतिमा अघि बढ्नु छ भने दुनियासँग भेट्नु पर्देन सोझै ‘किचन’सँग भेट्नुपर्छ ”भन्ने ईलामका नेपाली काँग्रेसका नेता टिकाराम सुव्वा लेप्चाले अनौपचारिक प्रसङ्गमा भनेका कुरा मात्रै ‘हैन हिजो जीपी अहिले केपीको नजरमा जो चढ्यो त्यसको जिन्दगीका प्रगतीहरु स्वतःअगाडि बढ्यो’ भन्दै थप सन्दर्भ पनि जोडन अरुले बोल्न बाँकी छँदै बीचमा बोल्नेहरु पनि थिए । क्रमश ः भाग–२ मा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *