प्रोग्रेशिभ फाइनान्सबाट पनि डिम्याट खाता खोल्ने सकिने


प्रोग्रेशिभ फाइनान्सले सीडिएस एण्ड क्लियरिङ सिडिएससिसँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका ग्राहकहरुलाइ डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ । सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँई तथा सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले हस्ताक्षर गरे । उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सीडिएससिका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति रहेको थियो । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल १७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *