गोरखा ब्रुअरी र खाली सीसीबीच सहकार्य

काठमाण्डौं । गोरखा ब्रुअरी तथा कार्ल्सबर्ग समूहले सिसाको बोतलको पुनः प्रयोगलाई व्यवस्थित र सहज बनाउने उद्देश्य सहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरू गरेको छ। खाली सीसीसँगको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले देशभरका बार, रेस्टुरेन्ट तथा व्यवसायिक स्थानलाई जोड्दै जिम्मेवार स्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। अभियान अन्तर्गत खाली सीसीले व्यवसायिक प्रतिष्ठानहरूसँग प्रत्यक्ष समन्वय गरी प्रयोग भइसकेका सिसाका बोतलहरू संकलन, वर्गीकरण तथा पुनः प्रयोग प्रक्रियामा पठाउने व्यवस्था गर्नेछ।

यसले व्यावसायिक स्थलमै अवशिष्ट व्यवस्थापनको एकीकृत प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। गोरखा ब्रुअरीका अनुसार यस मोडेलले व्यवसायिक क्षेत्रको जिम्मेवारी बढाउने, बोतल व्यवस्थापन सहज बनाउने तथा पुनः प्रयोग योग्य गिलास ल्यान्डफिलसम्म पुग्ने अवस्थालाई न्यूनिकरण गर्नेछ। कम्पनीले खाली सीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै दिगो विकास लक्ष्यलाई मजबुत बनाएको जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *