जनार्दन शर्माको बयान : सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीले जान्ने कुरा होइन

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् ।
बजेट निर्माण क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका लागि समिति बनाएको थियो । समितिले अहिले शर्मासँग बयान लिइरहेको छ ।

समितिको बैठकमा उपस्थित शर्माले भित्र बाहिर गर्दा त्यहाँ सुरक्षाकर्मी रहने हुँदा बाहिरको मान्छेले सहजै प्रवेश नपाउने बताएका छन् । ‘बाहिरको मान्छे पस्ने सम्भावना नै छैन’, उनले बयानमा भने, ‘सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन ।’

यसअघि बुधबार अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग समितिले छलफल गरेको थियो । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *