अफिनको अध्यक्षमा डा.खड्का,महासचिवमा दाहाल


काठमाडौँ । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्का नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । २२ औं साधारणबाट डा खड्का अध्यक्षतामा निर्वाचित भएका हुन् । उनी पोखराको कास्की सेवा हस्पिटलका सञ्चालक हुन् । अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष रहेका अल्का अस्पतालका सञ्चालक थापा र डा. खड्काबीच प्रतिस्पर्धा भएको थियो । कुल खसेको ९३ मतमध्ये डा खड्काले ७२ र थापाले २१ मत मात्र पाएका थिए । साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केअर अस्पतालका हरिप्रसाद रिजाललाई निर्वाचित गरेको छ । प्रदेश उपाध्यक्ष अन्तर्गत बागमती प्रदेशबाट प्रा श्यामकृष्ण जोशी नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, कर्णाली प्रदेशबाट भीमबहादुर गुरुङ, गुरुङ हस्पिटल प्रालि, सुदूरपश्चिमबाट गजेन्द्र चन्द पद्मा अस्पताल प्रालि निर्वाचित भएका छन् । यस्तै लुम्बिनी प्रदेशबाट कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो, गण्डकी प्रदेशबाट तनहुँ सेवा अस्पतालका हरिवहादुर खड्का निर्वाचित भएका छन् ।
महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित भए। उनी यसअघि पनि महासचिव थिए। कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालकी स्वरूपा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन । सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित भएका छन्।सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र, पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *