ललितपुरको टौखेलमा एभरेष्ट बैंक
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो ११८ औं नयाँ शाखाको उद्घघाटन गरेको छ । बैंकले उद्घघाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने बताएका थिए ।
बैंकमा हालसम्म करिब १२ लाख आफ्नो १ सय १८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १ सय ५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको बैंकले जनाईएको छ ।