काठमाडौंको सुन्दरबस्ती भङ्गालमा एभरेष्ट बैंक


काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घघाटन गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घघाटन गरे ।
बैंकले आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *