देउवालाई भेट्न पुगे भारतीय राजदूत बालुवाटारमा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट हुन पाएको थिएन । चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो, उनले भने, ‘भेटमा नेपाल भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टू वान’ छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन । भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ । राजदूतसँग भेट भएलगत्तै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान भेट गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *