हङकङले युएईलाई हरायो
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले युएईलाई डकवर्थ–लुइस–स्टर्न विधिमा ६७ रनले पराजित गरेको छ ।
हङकङले दिएको २६४ रनको लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गमाउँदै ११७ रन बनाएको थियो । खेल पानिले अवरुद्ध गरेपछि डकवर्थ–लुइस–स्टर्न विधिबाट हङकङ विजयी भएको हो ।
युएईका लागि अविजित ५२ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै रमित साहजतले ३४ रन बनाए ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै हङकङले ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको हो ।
हङकङका लागि बलर इसान खानले २ विकेट लिए । यस्तै आयुष सुक्ला, आइजाज खान, यासिम मुर्टाजा र महोम्मद गाजनफारले समान एक–एक विकेट लिए ।
यसअघि हङकङका लागि अन्शुमन राठले १०६ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै किन्चित शाहले ३५, एजाज खानले २७, एहसान खानले २३, निजाकत खानले २२ रन बनाएका थिए ।
त्यसैगरी युएईका बलर आयान अफजल खानले ५ विकेट लिए भने संचित शर्माले २ तथा जुनैद सिद्धिकीले एक विकेट लिएका थिए । समुह बि मा रहेका युएई र हङकङले यस अघि खेलेको पहिलो खेलमा जित हासिल गरेका छन् ।