बालुवाटारमा पुगेर रविले प्रचण्डलाई भने- ‘भ्रष्टाचारका फाइल खोल्नु भएकोमा धन्यवाद’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको लामिछानेकाे भनाई छ ।

‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईलाई धन्यवाद छ’, लामिछानले प्रचण्डलाई भेटका क्रममा भने, ‘मैले सडकबाट के-के सहयोग गर्न सकिन्छ, सबै सहयोग गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’

विभिन्न कारणले पार्टी सरकारमा सहभागी हुन नसकेपछि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *