भारत भ्रमणमा प्रचण्ड दिल्ली, बालेन बैंगलोर र रवि मुम्बई

काठमाडौं । यतिबेला नेपालका तीन चर्चित व्यक्तित्व भारत भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणमा नयाँ दिल्लीमा छन् । उनी आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छन् । उनी एक सयभन्दा बढी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा गएका हुन् ।

प्रचण्ड भारत प्रस्थान गरेकै दिन बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुम्बई उडेका थिए । उनी बुधबार साँझ पत्नी निकिता पौडेललाई लिएर मुम्बई उडेका हुन् । रविले आफ्नो मुम्बई भ्रमण नितान्त व्यक्तिगत रहेको बताएका छन् । उनले आफू आइतबार स्वेदश आउने र संसदीय काममा लाग्ने जनाउ दिएका छन् ।

स्रोतका अनुसार पत्नी निकिताले खोल्न लागेको नारी टेलिभिजनका लागि उपकरण खरिद गर्न मुम्बई गएका हुन् । निकिताले आगामी असारदेखि नारी टेलिभिजन खोल्ने तयारी गरेकी छन् । निकिताका केही सहयोगी दुई साताअघि मात्र मुम्बई पुगेर फर्केका थिए । टेलिभिजनको उपकरण खरिद गरेपछि रवि निकितासँगै फर्कने भएका छन् ।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भारतको बैंगलोर पुगेका छन् । उनी काठमाडौंबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २२५ मा बिहीबार दिउँसो पौने ३ बजे त्यसतर्फ गएका हुन् । उनी निकट स्रोतका अनुसार बालेन आफ्नो विद्यावारिधिको तयारीको सिलसिलामा बैंगलोर गएका हुन् ।

उनले बैंगलोरबाटै इन्जिनियरिङ गरेका थिए । नेपालका चर्चित तीन पात्र एकै समयमा भारत भ्रमणमा जानुलाई अनौठो संयोग मानिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *