सरदार सिंहको प्रष्टीकरण : म किङ मेकर होइन , प्रचण्डसँग पारिवारिक सम्बन्ध मात्रै हो

काठमाडौं । सरदार प्रितम सिंहले आफु राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सिंहले प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले आफू राजनीतिक व्यक्ति नभएकाले अरू धेरै कुरा थाहा नभएको पनि बताए । प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएकोमा सिंहले आश्चर्य समेत प्रकट गरेका छन् । ‘प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो । जुन बेला मैले भेट्दा कुरा गरेको थिए । त्यो बेला हाम्रा गाडीहरू जलाइएका थिए’ सिंहले भने । ‘मैले अस्ति ५ वर्षपछि भेटे हुँला । त्यो बीचमा मैले भेटेको छैन ।’

सिंहले प्रचण्डका छोरा प्रकाश दाहाल आफ्नो नातिको साथी भएको पनि स्मरण गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *