सुन तस्करीका आरोपितलाई अनुसन्धान गर्न १० दिनको म्याद


काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहित ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनकी उपरजिस्ट्रार तथा प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक सूभित्र राखेर सुन तस्करीमा संलग्न भएको आरोपमा पाँच नेपाली र एक चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *