वीर अस्पतालमा थपियो भीआइपी शय्या

काठमाडौं । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भीआइपी र भीभीआइपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ।

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआइपी र भीभीआइपीका लागि दुई शय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शय्या थप गरेर कूल ५ शय्यासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो।

वीर अस्पतालमा सञ्चालनमा आएको भीआइपी र भीभीआइपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण गरेका थिए।

स्वास्थ्य मन्त्री बस्नेतले भीआइपी र भीभीआइपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआइपी र भीभीआइपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए। मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए।

त्यस्तै उनले बीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताए। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रीत रहेको जानकारी दिए।
वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टीम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विशिष्ठ व्यक्ति उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालय सहित किचेन समेतको सुविधा छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *