नेपाललाई पेयरा बन्दरगाह प्रयोग गर्न बंगलादेशकाे प्रस्ताव

काठमाडौं । नेपाललाई बंगलादेशले पेयरा बन्दरगाह प्रयोग गर्न प्रस्ताव गरेको छ । सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइट बार्तामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसंग यस्तो प्रस्ताव राखेकी हुन् ।

बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनले भने, ‘बंगलादेशले नेपालका लागि चल्ना र चातोग्राम बन्दरगाह यसअघि नै खुला गरिसकेको र हाल हालै निर्माण सम्पन्न पेयरा बन्दरगाह पनि नेपालले प्रयोग गर्न सक्ने बताएको हो ।

मोमेनका अनुसार प्रधानमन्त्री हसिनाले बंगलादेशले क्षेत्रीय कनेक्टिभिटी बढाउन सयैदपुर विमानस्थललाई विकास गरिरहेको समेत उल्लेख गरिन् ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले हसिनाको नेतृत्वमा बंगालदेशले हासिल गरिरहेको विकासको प्रशंसा गरे । नेपालमा जलविद्युत उत्पादनको ठुलो सम्भावना बताए ।

प्रधानमन्त्री हसिनाले नेपालबाट ४० मेगावाट जलविद्युत आयात गर्न भारतसहित भएको त्रिपक्षीय सम्झौता पछि अब थप विद्युत् आयात गर्न कदम अगाडि बढाउने आश्वासन दिएकी थिइन् । बंगलादेशको सञ्चारमाध्यमअनुसार छलफलमा प्रधानमन्त्री दाहालले बंगालदेशमा पढ्नका लागि पुगेका नेपाली विद्यार्थीहरुको समेत चर्चा गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *