मेयर बालेनलाई राप्रपाको पत्र– २१ दिनभित्र घर खाली गर्छौं
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई पत्र लेखेर राप्रपाले २१ दिनभित्र घर खाली गर्ने जानकारी गराएको छ ।
महानगरपालिकाको सूचना बमोजिम घर खाली गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र घर खाली गरी महानगरपालिकालाई जानकारी गराउने बेहोरा निर्देशानुसार अनुरोध गर्दछु, राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले लेखेको पत्रमा भनिएको छ ।