सुपर कपको उपाधि म्यानचेस्टर सिटीले जित्यो
इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा सिटीले स्पेनको सेभिल्लालाई पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरल पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । युसुफ नासिरीले गोल गर्दै २४ औं मिनेटमा सेभिल्लालाई अग्रता दिलाएका थिए । तर, ६३ औं मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि थप गोल नहुँदा पेनाल्टी सूटआउट हुँदा ५ खेलाडीले पहिलो प्रहार गर्दा सेभिल्लाका पाँचौं खेलाडी नेमान्जा गुदेलले गरेको प्रहार विफ भएपछि सिटी उपाधि जित्न सफल भयो । सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटो कोभेइ, ज्याक ग्रिलिस र केइल वाल्करले गोल गरेका थिए । उता, सेभिल्लाका लागि लुकास ओकामपोस, राफेल मिर, इभान राकाटिक, गोन्जालो मोन्टरियलले गोल गर्दा नेमान्जाको प्रहार विफल हुनु नै उपाधि विमुखकको प्रमुख कारण बन्यो । सिटी प्रिमियर लिगको च्याम्पियन हो भने सेभिल्ला युरोपा लिगको च्याम्पियन क्लव हो ।