दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र जनताले चाहे जस्तो गरी संसद् सञ्चालन होस् र दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा अत्यन्तै सकारात्मक भएको बताएका छन् ।

मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको पहलकदमीप्रति विमति राख्नुपर्ने कुनै कारण नभएको बताए । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ । एमालेप्रति लक्षित गर्दै प्रचण्डले सो धारणा राखेका हुन् ।

‘‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ । यसमा कसैले विमति राख्नुपर्ने कारण छैन् । हामी निरन्तर छलफलमा छौ । संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *