राष्ट्र बैंकले गरेको कर्जा असुली सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्छ ः अध्यक्ष केसी


काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले गरेको कर्जा असुली सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्न सक्ने बताएका छन् । मंगलबार नेपाल बैकर्स संघको कार्यालयमा आयोजित सम्मेलनमा केसीले कर्जा असुलीका सम्बन्धमा राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्थाले बैंकको खराब कर्जा बढ्ने र त्यसले नाफामा असर गर्ने बताए ।

‘अब बैंकहरूको नाफामा ठूलो धक्का लाग्छ । आरओई घटिरहेको छ केसीले भने । जग्गामा हदबन्दी लागेजस्तै अवस्था बैंकमा पनि लागू हुने अवस्था आइरहेको भन्दै त्यसले बैंकलाई समस्या सिर्जना हुन सक्ने केसीले बताए । उनले बैंकका तरलता अभाव कायमै रहेको बताए । वित्तीय प्रणालीमा तरलता कायम गर्न स्थानीय तहको रकम गणना गर्न पाउनु पर्ने केसीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *