प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा फाइनल भएको छैन : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका एजेण्डा तय भइनसकेको बताएका छन् ।

भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’ आज बिहान सिंहदरबारमा बसको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फाइनल हुन बाँकी रहेको बताएका हुन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन जाने कार्यतालिका छ ।

मन्त्री साउदले भ्रमणका एजेण्डाबारे सबै मन्त्रालयका सचिव, पूर्वपरराष्ट्र मन्त्री र राजदूतहरुलाई बोलाएर आफूले र परराष्ट्र सचिवले तयारी गरिरहेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *