जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको सुरुवात भएको छ । आज (सोमबार) नेपालमै पहिलो पटक काठमाडौं जिल्ला अदालतबाट पारिवारिक इजलास सुरु गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास सेवा उदघाटन गरेका हुन् । उनले प्रधानन्यायाधीशका रुपमा सिफारिस भएलगत्तै संसदीय सुनुवाइ समितिमा आफ्ना भावी कार्ययोजना प्रस्ताव गर्दै पारिवारिक इजलास स्थापनाको लक्ष्य सुनाएका थिए ।

पारिवारिक विवाद सम्बन्धि मुद्धाको सुनुवाई छिटो छरितो बनाउन पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना भएको उनले बताए । महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास गठन भएको हो । यस्तो इजलासको व्यवस्था ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पनि लागू गर्ने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *