पुत्र जयवीरसिंहको बिहे ,देउवा फागुन पहिलो सातासम्म व्यस्त हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाका पुत्र जयवीरसिंहको माघ २१ गते बिहे हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माघ तेस्रो सातादेखि फागुन पहिलो सातासम्म निकै व्यस्त हुने भएका छन् ।

छोरा जयवीरसिंह देउवाको बिहेको चटारोले उनी फागुन २ गतेसम्म निकै व्यस्त रहने भएका हुन् । जयवीरको काठमाडौंकै सञ्जीवभक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठकी छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो। शिवाना कभर गायिका हुन् । बिहे बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ ।

बिहेभोज भने फागुन २ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ । बिहेका निम्तालुलाई फूलमाला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्व परराष्ट्र सचिव समेत रहेका केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए । यी दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा छन् । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युव च्यालनमा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *