पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बर बढाउनु पर्ने

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बरले बढाउनुपर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी २० अर्बको सिमामा राख्नुपर्ने निर्णय भएको बताए ।

‘जीवन बिमा कम्पनीको जोखिम बहन गर्ने क्षमता बढाएपछि पुनर्बीमाको पनि बढाउनुपर्ने भएकोले २० अर्बको सिमा राखिएको हो,’उनले भने । नेपालमा अहिले पुनर्बीमा कम्पनी २ वटा मात्रै छन् । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि इन्स्योरेन्स रहेका छन् । अब यी दुबै कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *